+
+

नेपालपे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १७:१४

काठमाडौं । बिगमार्टका स्टोरहरूमा सामान खरिद गर्ने ग्राहकहरूले नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म) छुट पाउने भएका छन् ।

यो अफर देशभरका सबै बिगमार्टको स्टोरहरुमा १ माघदेखि सीमित अवधिका लागि उपलब्ध हुने बिगमार्टले जनाएको छ ।

जाडो मौसमलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा छुटसँगै थुप्रै आकर्षक पुरस्कारहरु समेत जित्न सक्नेछन् ।

जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको उक्त ‘विनर अफर’ हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेका छन् ।

बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको डायनामिक कयूआर स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिनेछ ।

ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्नसक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?