+
+

शिल्पी थिएटरमा नयाँ नाटक ‘बाजी’, मण्डलामा ‘बाखाम्मा’को मञ्चन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १२:०४

काठमाडौं । शिल्पी थिएटरमा नाटक ‘बाजी’को मञ्चन हुने भएको छ । रविन परियारको परिकल्पना र निर्देशनमा वैशाख २४ देखि ३० गतेसम्म नाटक मञ्चन हुने जनाइएको हो ।

यो नाटक एन्टोन चेखवले सन् १८८९ मा लेखेको कथामा आधारित रहेको शिल्पीले जनाएको छ । नाटकमा गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना, रविन परियार र जय प्रकाश ताजपुरियाको अभिनय हुनेछ ।

अनुप तिमिल्सिनाको संगीत संयोजन, प्रकाश परिकल्पना र सञ्चालन प्रेमचन्द पाण्डे र भेषभूषा परिकल्पनामा सङ्गीता उराँव छन्  । सेट परिकल्पना र निर्माण धनराज सुनार र गोविन्द ओलीको छ । संगीत अरविन्द कुमार मौर्यको रहनेछ ।

कारागारका बन्दीले अवसर पाएमा आफूलाई सुधार्न सक्छन् भन्ने कथावस्तुमा नाटक आधारित छ । चेखव आफूलाई मनपर्ने नाटक तथा कथाकार भएकाले उनको कुनै रचनालाई मञ्चमा देखाउने रहरले नाटक बनाएको निर्देशक परियारले बताए । शिल्पीमा अहिले नाटक ‘ए आई’को मञ्चन भइरहेको छ ।

वैशाख २२ गतेसम्म नाटक नियमित मञ्चन हुनेछ ।

यस्तै मण्डलामा थिएटरमा नयाँ नाटक ‘बाखाम्मा : मुन्दुममा मान्छे’ नाटक मञ्चन भइरहेको छ । यसअघि ‘खुवालुङ’ नाटक मञ्चन गरेर चर्चामा आएका किरण चाम्लिङको यो नयाँ नाटकको मञ्चन एक महिनासम्म चल्नेछ ।

वैशाख १४ गतेदेखि नियमित मञ्चन सुरु भएको हो । किरात जातिका मानिस धेरैले सुनेको तर कम ध्यान दिएको मुन्दुमी पात्र हुन बाखाम्मा । मुन्दुमका अनुसार निराकार सृष्टिकर्ता रुमुहाङ (पारुहाङ)ले खरानी र माटोलाई शीतमा मुछेर बनाएको आकृति नै बाखाम्मा हुन् ।

नाटकको मूल सार भने किरातहरुको उत्पत्तिको कथा बनाइएको छ । यो नाटकलाई पनि राजन मुकारुङले लेखेका हुन् ।

म्युजिक भिडियो निर्माणमा सक्रिय कम्पनी केन्द्र मोसन पिक्चर्सले यो नाटक निर्माणमा लगानी गरेको छ । नाटकमा लोकप्रिय मोडल एलिशा राईले पनि अभिनय गर्दैछिन् । उनी देवी सुम्निमाको भूमिकामा देखिंदैछिन् भने ‘डिग्री माइला’ र ‘जारी’ अभिनेता समेत रहेका अनिल सुब्बाले पारुहाङको चरित्र निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?