+
+

बुटवल पावरले फेरि एफपीओ जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते ९:३०

२ माघ, काठमाडौं । बुटवल पावर कम्पनीले फेरि एफपीओ जारी गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न साधारणसभाले १ करोड कित्ता सेयर पुनः निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रचलित ऐन नियम बमोजिम प्रिमियम मूल्य थप गर्दै थप सार्वजनिक निष्कासन गर्ने र सो प्रयोजनाका लागि हालको जारी पूँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० लाई बढाएर ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६ सय पुर्‍याउने प्रस्ताव साधारणसभाले पारित गरेको हो । प्रिमियम मूल्य भने पछि सञ्चालक समितिले निर्णय गर्नेछ ।

बुटवल पावरले यसअघि पनि महँगो मूल्यमा एफपीओ जारी गरेको थियो । १५ माघ २०७४ मा कम्पनीले प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम थप गर्दै ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो । आइतबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३१० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?