+
+

टाइगर कप भलिबलमा भारतको हरियाणा टिमलाई आर्मीले हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १३:०९

२ माघ, पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबलको महिलातर्फ त्रिभुवन आर्मी क्लबले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हराएको छ । प्रतिस्पर्धापूर्ण खेलमा आर्मीले आमन्त्रित क्लब हरियाणालाई पराजित गरेको हो ।

सोमबारको दोस्रो खेलमा आर्मीले सुरुमा अग्रता लिएको थियो । पहिलो सेटमा आर्मीले २५–२२ ले हरियाणालाई हरायो । दोस्रो सेटपछि भने आर्मी पछाडि पर्न थाल्यो । दोस्रो सेटमा आर्मी २५–२० र तेस्रो सेटमा २५–१८ ले लगातार पछाडि रह्यो ।

तर, चौथो सेटपछि भने आर्मी सम्हालिएको थियो । चौथो सेटमा आर्मी लयमा फर्किँदै २५–१७ को सहज जित निकाल्यो । अन्तिम सेटमा पनि १५–१२ को जित निकाल्दै आर्मीले हरियाणालाई पराजित गरेको हो ।

प्रतियोगितामा भारतको हरियाणा भलिबल टिम पहिलो पटक सहभागी भएको हो । उक्त टिमको नेतृत्व भारतको राष्ट्रिय टिमकी कप्तान मिनीमोल अब्राहमले गरेकी छन् ।

महिलातर्फ आजै बिहान भएको पहिलो खेलमा घरेलु टिम गण्डकी प्रदेश विभागीय टिम नेपाल पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले समान पाँच लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?