+
+

‘आइसी डिजाइनर रनवे’का लागि प्रियंकाले छानिन् २४ मोडल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १८:०९

काठमाडौँ । ‘आइसी डिजाइनर रनवे’ सिजन-१३ मा २४ मोडल छानिएका छन् । होटल याक एण्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुषसहितका मोडल छनोट भएका हुन् ।

अडिसनमा ३५० भन्दा बढी मोडलले भाग लिएका थिए । अभिनेत्री प्रियंका कार्की, मोडल सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमला, फोटोग्राफर राजभाई सुवाल, मिस्टर नेपाल समर्पण कार्की लगायतले मोडल छानेका हुन् ।

छानिएका मोडल आगामी चैत १६ गते आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन शोको र्‍याम्पमा उत्रनेछन् । शोमा विभिन्न देशका १२ जना अन्तराष्ट्रिय मोडलको पनि सहभागिता हुने जनाइएको छ ।

शोको ब्यवस्थापन नेक्स्ट मोडल्स नेपालले लिएको छ । उत्कृष्ट फेसन शोको रुपमा रनवे आयोजना गर्न लागेको नेक्स्ट मोडल्सका कार्यकारी अधिकृत रवि धमलाले जानकारी दिए ।

शोको आउँदो सिजनमा आइसी कलेजका २०२१ ब्याचका बिद्यार्थी डिजाइनरले तयार पारेका फरक पहिरन १५ श्रृंखलामा प्रदर्शन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?