+
+

देउवा पुत्र जयवीर र कभर गायिका शिवानाले माघ २१ मा लगनगाँठो कस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १२:२०

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर र कभर गायिका शिवानाले माघ २१ गते लगनगाँठो कस्ने भएका छन् ।

धुम्बाराही स्रोतका अनुसार उक्त मितिमा यी दुईको वैवाहिक समारोह तय भएको छ । गत जेठको पहिलो साता यी दुईबीच पारिवारिक उपस्थितीमा इन्गेजमेन्ट भएको थियो ।

अहिले विवाहको तयारी तीव्ररुपमा चलिरहेको जनाइएको छ । २८ वर्षिय जयवीर देउवा र आरजुका एक्ला छोरा हुन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् ।

यी दुबैजना लामो समयदेखि प्रेम सम्बन्धमा छन् । शिवाना कभर गायिका समेत हुन् । उनले आफ्नो युट्युव च्यालनमा थुप्रै कभर गीत पोस्ट गरेकी छिन् । इन्स्टाग्राममा उनका आकर्षक फोटो देख्न सकिन्छ ।

साथै, शिवानाले प्रिटिप्लिज नामक अनलाइन प्लाटफर्ममार्फत सौन्दर्य प्रशाधनको व्यवसाय गर्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?