+
+

यती ब्रुअरीले बुक बिल्डिङबाट आईपीओ जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते ९:३०

माघ ४, काठमाडौं । अर्ना बियर उत्पादक कम्पनी यती ब्रुअरीले बुक बिल्डिङ पद्दतीबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासन गर्नको लागि एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा यती ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबी एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । यो सम्झौतापछि अब एनआईएमबी एस क्यापिटलले आईपीओ निष्कासनका लागि सम्पूर्ण प्रक्रिया अघि बढाउनेछ ।

लाजिम्पाटमा रजिष्टर्ड कार्यालय रहेको यती ब्रुअरीको फ्याक्ट्री चितवनको खैरहनी नगरपालिका वडा नं. ४ मा अवस्थित छ । कम्पनीले अर्ना बियरका अलवा यती, वाईबी, शिखर किंगफिसर ब्राण्डमा बोत्तल तथा क्यान बियर बिक्री वितरण गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?