+
+

जन्मदिनमा निश्चलको घोषणा : ‘बेहुली फ्रम मेघौली’ र एक्सन फिल्म बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते ११:५३

काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत बिहीवार ४३ वर्ष मनाउँदैछन् । ठीक १२ वर्षअघि ‘लुट’ निर्देशन गरेर घरेलु फिल्मको कथ्य परम्परामा नयाँ ट्रेन्डको थालनी गरेका बस्नेत अभिनेता र निर्माता पनि हुन् ।

जन्मदिन अवसरमा उनले आफ्नो ब्यानर ब्ल्याक हर्स पिक्चर्सका दुई फिल्मको घोषणा गरेका छन् । जसअनुसार फागुनदेखि चैतभित्र छायांकन सकिने गरि ‘बेहुली फ्रम मेघौली’ निर्माण हुने भएको छ ।

यो फिल्मलाई आकाश बरालले निर्देशन र स्वस्तिमा खड्काले निर्माण गर्नेछन् । ब्यानर निश्चलकै ब्ल्याक हर्स पिक्चर्स हुनेछ ।

त्यसपछि आगामी दशैं छेकोबाट आफ्नै ब्यानरमा नयाँ एक्सन फिल्म थाल्ने उनको भनाई छ । ‘दशैंबाट यो एक्सन फिल्म सुटिङमा जान्छ’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘अब स्क्रिप्टमा काम गर्छु ।’

पटकथा लेखन सकिएपछि मात्र उक्त फिल्मको छायांकन सक्ने उनले जनाए । बस्नेतले लुट, लुट २, टलकजंग भर्सेस टुल्के र दिमाग खराब निर्देशन गरेका छन् ।

जन्मदिनको अवसरमा उनले फेसबुकमार्फत केही संकल्प पनि व्यक्त गरेका छन् । ‘काम राम्रो गर्नु, कोसिस धेरै गर्नु, भलो चिताउनेलाई सँधै अँगाल्नु, खेदो मात्र खन्नेलाई कामले देखाइदिनू…फर्काएर । परिवारलाई माया गर्नु, शुभचिन्तकलाई दुःखी नबनाउनु, साथीहरु नजिक भएपनि टाढा भएपनि साथी हुनु, सुखमा संगै नभएपनि दुख पर्दा साथ निभाउनु’ लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?