+
+

‘हनुमान’ सिक्वेलमा श्रीरामको भूमिकामा रामचरणलाई प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १३:२५

काठमाडौं । प्रशान्त वर्मा निर्देशित र तेजा सज्जा अभिनित भारतीय फिल्म ‘हनुमान’ले त्यहाँको बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले विश्वभर १०० करोड भारुको आँकडा पार गरेको छ । फिल्मको अन्तिम क्रेडिटमा निर्माताले यसको सिक्वेल ‘जय हनुमान’ बनाउने घोषणा गरेका छन् ।

‘हनुमान’को दोस्रो भाग ‘जय हनुमान’का लागि निर्माताले साउथ सुपरस्टार रामचरणलाई प्रस्ताव गरेका छन् । फिल्ममा उनले श्रीरामको भूमिका निभाउन चाहेका छन् । तर अहिलेसम्म यस विषयमा निर्माता र रामचरणको टिमबाट कुनै पुष्टि भएको छैन । रामचरण यसअघि सुपरहिट फिल्म ‘आरआरआर मा रामको अवतारमा देखिएका थिए ।

यो फिल्म प्रशान्त वर्माको सिनेम्याटिक युनिभर्सको पहिलो भाग हो । निर्देशकले यो ब्रह्माण्डअन्तर्गत २० कथामार्फत १२ सुपरहिरोहरू थप्नेछन् । ब्रह्माण्डको दोस्रो सिक्वेल ‘अधिरा’ हुनेछ । साउथका चर्चित निर्माता डीभीभी दनय्याका छोरा कल्याणले यो फिल्मबाट डेब्यु गर्दैछन् ।

३४ वर्षीय प्रशान्तलाई टलिउडका युवा र महत्वाकांक्षी निर्देशकमध्ये एक मानिन्छ । उनले सन् २०१८ मा रिलिज भएको फिल्म ‘अवे’बाट डेब्यु गरेका थिए । निर्देशनसँगै प्रशान्तले यसको कथा पनि लेखेका छन् । यो फिल्मले दुई विधामा राष्ट्रिय चलचित्र पुरस्कार जितेको थियो । त्यसपछि प्रशान्तले कल्की, जोम्बी रेड्डी र आधावम जस्ता फिल्म बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?