+
+

‘पुष्पा २’ टिजर : बञ्चरो लिएर सिंहासनमा बसेका पुष्पराज

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते ११:५१

काठमाडौं । फ्यानको धैर्य अन्ततः टुंगिएको छ । निर्माताले सोमबार प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा’को दोस्रो श्रृंखलाको रोमाञ्चक टिजर युट्युबमा सार्वजनिक गरेका छन् ।

फिल्मको शीर्ष भूमिकामा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फाजिलको अभिनय छ । टिजरमा पुष्पराजको उही जादू र श्रीवल्लीको उही शैली प्रस्तुत गरिएको छ । यसपटक यो दृश्य थप दमदार देखिन्छ ।

सुकुमार निर्देशित यो फिल्म सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा’को सिक्वेल हो । अघिल्लो भागमा रक्त चन्दनको तस्करीबीच पुष्पराज र श्रीवल्लीको प्रेमकथा देखाइएको थियो । केही पारिवारिक कथावस्तु पनि देखाइएको थियो ।

पहिलो भागको अन्तिम दृश्यमा पुष्पा–श्रीबल्लीको विवाह र त्यसअघि शेखावत (फहद फाजिल) सँगको लडाइँ र भनाभन देखिएको थियो । सिक्वेलमा यो भनाभन बदलाको आगोमा परिणत हुने देखिन्छ ।

टिजर आउनुअघि अल्लु अर्जुनले फिल्मको नयाँ पोस्टर सेयर गरेर फ्यानलाई उपहार दिएका छन् । पोस्टरमा अल्लु अर्जुन आफ्नो परिचित शैलीमा देखिएका छन् । हातमा बञ्चरो लिएर सिंहासनमा बसेका छन्, सत्ता कब्जा गरेझैं ।

अल्लुले सोमबार आफ्नो ४२ औं जन्मदिन मनाउँदैछन् । यो विशेष अवसरमा टिजर रिलिज गर्ने योजना निर्माताले बनाएका थिए । ‘पुष्पा २ : द रुल’मा रश्मिका, अल्लु अर्जुन, फहादसहित धनञ्जय, राव रमेश, सुनिल र अनसूया भारद्वाज पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

५०० करोड भारु रहेको बजेट बताइएको यो फिल्म १५ अगस्ट (साउन ३१ गते)मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?