+
+

‘पुष्पा २’ मा सञ्जय दत्तको प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १७:५५

काठमाडौं । ‘पुष्पा २’ लाई सन् २०२४ को प्रतीक्षित भारतीय फिल्ममध्ये एक मानिएको छ । अल्लु अर्जुन स्टारर यो फिल्मको पहिलो भागले विश्वभर उछाल कमाइ गर्‍यो, जसकारण पनि दर्शक दोस्रो श्रृंखलालाई लिएर उत्साहित छन् ।

पहिलो भागले विश्वव्यापी ३५० करोड भारु कमाएको थियो । त्यतिबेला सामाजिक सञ्जालमा यसले सुनामी मात्र ल्याएन, संकटमा परेको भारतीय फिल्ममा व्यावसायिक राहत पनि ल्यायो ।

‘पुष्पा २’ को यतिबेला काम भइरहेको छ र यसलाई वर्षको सबैभन्दा ठूलो भारतीय फिल्ममध्ये एक मानिएको छ । यो फिल्मको विस्तृत विषयलाई अहिलेसम्म लुकाएरै राखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको लाइनअपलाई लिएर रोचक खबर सतहमा आएको छ । फिल्मको एक प्रमुख भूमिकामा अभिनेता सञ्जय दत्तको प्रवेश हुँदैछ । खबरअनुसार निर्देशक सुकुमारले अभिनेता दत्तलाई एक भूमिकाका लागि प्रस्ताव राखेका छन् ।

यसअघि निर्देशक सुकुमारले कुनै एक बलिउड-ए लिस्टरलाई समेट्ने संकेत दिएका थिए । दत्तले अभिनय गर्ने खबर बाहिरिएपछि फ्यानमाझ उत्साह बढेको छ । स्रोतका अनुसार फिल्ममा सञ्जयले एक ‘प्रभावशाली व्यक्ति’को भूमिका निर्वाह गर्नेछन् ।

फिल्मको प्लटमा उनको चरित्रले आकार थप्ने बताइएको छ । तर फिल्ममा सञ्जयको लामो भूमिका चाहिं होइन । तर लामो केमियो चाहिं हुने भनिएको छ । यसअघि ‘पुष्पा २’ मा मनोज बाजपेयीले अभिनय गर्ने चर्चा थियो तर यो खबरलाई बाजपेयीले अस्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?