+
+

बर्लिन पुगेर अल्लु अर्जुनले भने- हामी ‘पुष्पा ३’ को तयारीमा जुटिसकेका छौं

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १६:५३

काठमाडौं । चर्चित भारतीय अभिनेता अल्लु अर्जुनका फ्यानलाई खुसीको खबर । उनी अभिनित फिल्म ‘पुष्पा’को तेस्रो श्रृंखला निर्माण हुने भएको छ । दोस्रो भाग रिलिज हुन केही महिना बाँकी रहँदा अभिनेताले तेस्रो सिक्वेल आउने खुलासा गरेका छन् ।

जर्मनीमा जारी बर्लिन फिल्म फेस्टिभलमा पुगेका अल्लुले ‘पुष्पा’को थप श्रृंखला बनाउने तयारीमा आफूहरु रहेको बताए । दोस्रो भाग भने १५ अगस्टमा रिलिज तयारीमा छ ।

फेस्टिभलमा फ्यानसँग अभिनेताले अन्तरक्रिया गरेका थिए । हलिउड म्यागजिन भेराइटीसँगको एक अन्तर्वार्तामा अल्लुले भने, ‘तपार्इं पक्कै पनि तेस्रो भागको आशा गर्न सक्नुहुन्छ । हामी यसलाई फ्रेन्चाइजी बनाउन चाहन्छौं र हामीसँग लाइनअपका लागि रोमाञ्चक विचार छन् ।’

उनले अगाडि भने, ‘म यो फिल्मलाई विदेशमा रहेका मानिसले भारतीय सिनेमालाई कसरी हेर्छन् भनेर बुझ्ने प्रयास गर्न चाहन्छु । साथै, फिल्म फेस्टिभल कस्तो हुन्छन्, कस्तो किसिमका फिल्म हेरिन्छन् र त्यहाँ आउने मानिसको कस्तो मानसिकता छ भन्ने बुझ्न चाहन्छु ।’

उनले फिल्मको दोस्रो भागबारे पनि केही चर्चा गरे । ‘पुष्पा २ मा तपाईंले पुष्पा १ मा देखेको भन्दा धेरै भिन्न कुरा देख्नुहुनेछ । चरित्रको हिसाबले, स्केल र प्रस्तुतीकरणको हिसाबले यसको क्यानभास बृहत हुनेछ,’ अल्लुले भने, ‘तुलना गर्दा यो पुष्पा १ भन्दा भव्य हुनेछ र चरित्रको आयाम फरक छ ।’

सुकुमार निर्देशित ‘पुष्पा : द रुल’मा अल्लु अर्जुन पुष्पराज, रश्मिका मन्दाना उनकी पत्नी श्रीवल्ली र फहद फासिल भंवर सिंह शेखावतको भूमिकामा छन् । सन् २०२१ मा रिलिज भएको फिल्मको पहिलो भाग ब्लकबस्टर भएको थियो । भारतमा मात्रै नभई अन्य देशबाट पनि फिल्मले धेरै माया पाएको थियो, फिल्मका संवाद र गीत सामाजिक सञ्जालमा निकै चर्चित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?