+
+

रामचरणलाई मानार्थ विद्यावारिधिको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १६:२४

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रामचरणलाई चेन्नईको वेल्स विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै अभिनेताले यो जानकारी दिएका हुन् ।

दीक्षान्त समारोहमा रामचरण पनि प्रमुख अतिथिको रुपम उपस्थित थिए । फिल्म उद्योगमा दिएको योगदानका लागि वेल्स विश्वविद्यालयले उनलाई यो सम्मान दिएको हो ।

तस्वीर सेयर गर्दै रामचरणले लेखेका छन्, ‘वेल्स विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि प्राप्त गर्न पाउँदा म निकै खुसी छु । म चेन्नईका जनता र मेरो यात्रामा सहभागी हुने सबैलाई धन्यवाद दिन्छु । धेरै सपना र उपलब्धिहरू पूरा हुन बाँकी छ ।’

कार्यक्रममा रामचरणसँगै उनकी पत्नी उपासना कामिनेनी पनि थिइन् । कार्यक्रमका तस्वीर र भिडियो सेयर गर्दै उपासनाले रामचरणलाई ‘डाक्टर’ भनेकी छन् ।

कामको कुरा गर्दा रामचरणको आगामी फिल्म ‘गेम चेन्जर’ हो । १७० करोड भारु बजेटमा बन्न लागेको यो फिल्मलाई शंकरले निर्देशन गर्नेछन् । फिल्ममा रामचरणसहित कियारा आडवाणी, अञ्जली, एसजे सूर्य, जयराम लगायतका कलाकार देखिनेछन् ।

सुपरस्टार चिरञ्जीवीका छोरा रामचरणले सन् २००७ मा ‘चिरुथा’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । उनले आफ्नो करियरमा ‘मगधीरा’, ‘येवदु’ र ‘ध्रुव’ जस्ता हिट फिल्म दिएका छन् । उनी एसएस राजामौलीको ओस्कार विजेता फिल्म ‘आरआरआर’ मा पनि शीर्ष भूमिकामा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?