+
+

शिव परियारले ल्याए ‘भतभती मुटु पोलिरहेछ’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १८:५८

भतभती मुटु पोलिरहेछ

मनभरि हुरी चलिरहेछ

कतै जल्छु कि कतै ढल्छु कि

आफ्नै छाया आफैंबाट छुटिरहेछ    

गायक शिव परियारको नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’का यी शब्द हुन् । प्रेम वियोगको भावमा आधारित गीतमा विमला तुलाचनको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र विषम आचार्यको एरेन्ज छ ।

प्रेम र त्यसपछिको विछोडको कथालाई प्रस्तुत गरिएको गीतको भिडियोमा क्रिस गुरुङ र एलिशा राई फिचर्ड छन् । रामजी लामिछानेले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र राजेन्द्र मोक्तानको कलर संयोजन छ ।

गीतलाई ‘शिव परियार’ युट्युब च्यानलमा रिलिज गरिएको छ । गायक परियार हाल कार्यक्रमको सिलसिलामा अमेरिका टुरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?