+
+

अष्ट्रेलिया दुई खेल जित्दै एसियन कपको नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते ८:१३

५ माघ, काठमाडौं । अष्ट्रेलिया कतारमा जारी एएफसी एसियन कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत बिहीबार भएको खेलमा सिरियालाई १-० ले हराएको अष्ट्रेलियाले लगातार दुई जितपछि अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

अष्ट्रेलियाका लागि ५९औं मिनेटमा ज्याक्सन इभर्निले एक मात्र गोल गरे ।

लगातार दुई जितबाट अष्ट्रेलिया ६ अंकसहित शीर्ष स्थानमा छ । सिरिया १ अंकसहित तेस्रोमा छ ।

यसै समूहको अर्को खेलमा भारत उज्वेकिस्तानसँग ३-० ले पराजित भएको छ । जितपछि उज्वेकिस्तान ४ अंकसहित दोस्रो स्थानमा छ । लगातार दुई खेल हारेको भारत अंक विहीन छ । भारतले दुवै हारमा गोल समेत गर्न सकेको छैन ।

यस्तै समूह् सी को खेलमा युएई र प्यालेस्टाइनले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?