+
+

अष्ट्रेलिया १० विकेटले विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते ९:०९
Photo Credit : GETTY

एजेन्सी । घरेलु टोली अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजलाई १० विकेटले हराएको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितको लागि २६ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ६.४ ओभरमै पूरा गर्यो । ओपनर स्टिभ स्मिथ २२ बलमा २ चौकासहित ११ रनमा नट आउट रहे । उस्मान खवाजा ९ रनमा रिटायर्ड हर्ट भएका थिए ।

वेस्टइन्डिज दोस्रो इनिङमा १ सय २० रनमा अल आउट भयो । पहिलो इनिङमा ९५ रनले पछि परेको हुँदा समग्रमा २५ रनको अग्रता लिएको थियो । वेस्टइन्डिजका किर्क म्याककेन्जीले २६ र विकेटकिपर जोशुवा डि सिल्भाले २४ रन बनाए ।

अष्ट्रेलियाको तीव्र गतिको बलिङ आक्रामण सामु वेस्टइन्डिजका ब्याटर निरिह सावित भए । अष्ट्रेलियाका जोश हेजलवुडले १४ ओभरमा ६ मेडनसहित ३५ रन खर्चेर ५ विकेट लिए । नाथन लायन र मिचेल स्टार्कले २–२ विकेट लिए ।

अष्ट्रेलिया पहिलो इनिङमा २ सय ८३ रनमा अल आउट हुँदै ९५ रनको अग्रता लिएको थियो । अष्ट्रेलियाको जितमा मध्यक्रमका ब्याटर ट्रविस हेडले १ सय ३४ बलमा १२ चौका र ३ छक्कासहित १ सय १९ रनको शतकीय इनिङ खेले । उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

उस्मान खवाजा ४५, स्टिभ स्मिथ १२, मार्नस लाबुसेन १०, क्यामरन ग्रीन १४, मिचेल मार्श १५ र एलेक्स केरी १० रनमा नट आउट रहे ।

वेस्टइन्डिजका लागि डेब्यू खेल खेलेका शमार जोशेफले सर्वाधिक पाँच विकेट लिए । जस्टिन ग्रेभ्स र केमार रोचले २–२ विकेट लिए ।

पहिलो दिन एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १ सय ८८ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका किर्क म्याककेन्जीले ९४ बलमा ७ चौकासहित सर्वाधिक ५० रन बनाए । ११ औं नम्बरमा शमार जोशेफले ४१ बलमा ३ चौका र १ छक्कासहित ३६ रन जोडेका थिए ।

अष्ट्रेलियाका जोश हेजलवुड र प्याट कमिन्सले ४–४ विकेट लिए ।

दोस्रो टेस्ट २५ जनवरीदेखि ब्रिसबेनमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?