+
+

गुल्मीमा चितुवा मृत भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते १२:२३

६ माघ, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका- २ पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ ।

जंगलमा चितुवा मृत फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए।

मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई जिम्मा लगाइएको वडाअध्यक्ष लोकनाथ आचार्यले बताए ।

चितुवाको मुखमा चोट लागेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय गुल्मका सहायक वन अधिकृत पंकजकुमार ठाकुरले बताए ।

दुईवटा चितुवा एक आपसमा लडने क्रममा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उनले बताए ।

चितुवालाई अन्य कुनै पासो थाप्नेलगायतका क्रियाकलाप नभेटिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?