+
+

मिस वर्ल्ड १८ फेब्रुअरीदेखि हुने, उद्घाटन दिल्ली र फिनाले मुम्बईमा  

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १३:२०
मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशी, जसले यस वर्षको मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दैछिन् । (फाइल तस्वीर)

काठमाडौं । ७१ औं मिस वर्ल्ड प्रतियोगिताको आयोजनास्थल र मिति घोषणा भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले द हिडन ट्रेजरलाई इमेलमार्फत आगामी विश्व सुन्दरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

जसअनुसार फेब्रुअरी १८ देखि मार्च ९ सम्म प्रतियोगिता भारतमा आयोजना हुनेछ । दिल्लीस्थित जी-२० सम्मेलनको आयोजनास्थल भारतमण्डपमा मिस वर्ल्डको उद्घाटन समारोह हुनेछ ।

दिल्लीमा प्रतिस्पर्धी सुन्दरी आठ दिन बस्नेछन् । ग्राण्ड फिनाले चाहिं मुम्बईस्थित रिलायन्स जिया कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ । मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेले एक्स (पहिलेको ट्वीटर)मार्फत यसबारे पनि जानकारी दिएकी छन् ।

यो संस्करणमा ६ विधा हुनेछन्, जसमध्येको एक विधा ब्युटी विथ पर्पसको नियममा केही हेरफेर भएको छ । यसअघि ब्युटी विथ पर्पस विधामा एक जना मात्र विजेता चयन गरिन्थ्यो । यसपटक भने ६ महादेशबाट ६ जना विजेता चुनिनेछन् ।

यसपटक कन्टिनेन्टल ब्युटी विथ पर्पससहित टप मोडल, स्पोर्ट्स च्यालेन्ज, ट्यालेन्ट, मल्टिमिडिया च्यालेन्ज, हेड टु हेड च्यालेन्ज विधा तय गरिएको छ । नेपालबाट मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले भाग लिंदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?