+
+

संसदको महासचिव नियुक्तिमा विलम्ब : राष्ट्रपतिलाई सभामुख र राष्ट्रियसभा अध्यक्षले पठाए स्मरणपत्र

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १४:२४

७ माघ, काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदको महासचिव नियुक्तिका लागि गरिएको सिफरिसबारे राष्ट्रपतिलाई स्मरणपत्र पठाएका छन् ।

सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले २५ मंसिरमा संघीय संसदको महासचिवमा पदमराज पाण्डेयलाई सिफारिस गरेका थिए । तर राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म यसबारे निर्णय गरेका छैनन् ।

लामो समयसम्म पाण्डेयको नियुक्ति नभएपछि सभामुख घिमिरे तिमिल्सिनाले ३ माघमा स्मरणपत्र पठाएका हुन् । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले सभामुखको पत्र आएको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?