+
+

जापान बन्यो चन्द्रमामा पुग्ने पाँचौं देश

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १५:५७

जापानको स्लिम मून मिसनको यान सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । योसँगै जापान आफ्नो यानलाई चन्द्रमाको सतहमा सफ्ट ल्यांडिङ गराउन सफल विश्वको पाँचौं देश बनेको छ । यसअघि अमेरिका, रुस, चीन र भारतले यसमा सफलता प्राप्त गरिसकेका छन् ।

जापानको Smart Lander for Investigating Moon चन्द्रमाको सतहमा अवतरण गरेको हो ।

जापानी अन्तरिक्ष एजेन्सी जाक्साका अनुसार अवतरणका लागि उसले ६ सय गुणा ४ हजार किलोमिटरको क्षेत्र खोजी गरेको थियो र यान सोही निर्धारित इलाकामा सटिक ढंगले अवतरण गरेको छ ।

त्यो क्षेत्र चन्द्रमाको ध्रुवीय क्षेत्रमा रहेको छ । निर्धारित अवतरण स्थलको १०० मिटरको दायरभित्र यान अवतरण गराउने जाक्साको योजना थियो र त्यसमा अन्तरिक्ष एजेन्सी सफल भएको छ ।

उक्त अवतरणस्थलको नाम शियोली क्रेटर हो । यसलाई चन्द्रमामा रहेको सबैभन्दा अँध्यारो धब्बा भनिन्छ । एउटा अर्को सम्भावित अवतरणस्थल मेयर नेक्टारिस पनि हो । जसलाई चन्द्रमाको समुद्र पनि भनिन्छ ।

स्लिममा ब्मAdvanced Optical and Image Processing Technology रहेको छ । साथै यसमा एक्सरे इमेजिंग एण्ड स्प्रेक्ट्रोस्कोपी मिसन (XRISM) पनि चन्द्रमामा पठाइएको छ ।

यसले चन्द्रमाको चारैतर्फ परिक्रमा गरी चन्द्रमामा बहने प्लाज्मा वायुको जाँच गर्नेछ ताकि ब्रम्हाण्डमा तारा तथा आकाशगंगाहरुको उत्पत्तिका बारेमा पत्ता लगाउन सकियोस् । यसलाई जापान, नासा तथा युरोपेली स्पेस एजेन्सीले मिलेर बनाएका हुन् ।

पाँच महिनापछि चन्द्रमामा पुग्यो स्लिम

जापानले गत ०६ सेप्टेम्बर २०२३ को बिहान तांगेशिमा स्पेस सेन्टरको योशिनोबू लन्च कम्प्लेक्सबाट स्लिम मिसन चन्द्रमामा प्रक्षेपण गरेको थियो । जापानको सबैभन्दा भरपर्दो रकेटको रुपमा रहेको H-IIA मार्फत् मून मिसन प्रक्षेपण गरिएको थियो, जुन H-IIA को ४७औं उडान थियो । यसलाई मित्शुबिशी हेभी इन्डस्टि्रजले निर्माण गरेको हो । यसको सफलता दर ९८ प्रतिशत रहेको छ ।

स्लिम एक हलुका रोबोटिक ल्याण्डर हो । यो मिसनलाई मून स्नाइपर पनि भनिएको छ र यो मिसनको लागत १३ अर्ब रुपैयाँभन्दा धेरै छ ।

स्मरण रहोस् पछिल्लोपटक रुसको लुना २५ यान चन्द्रमाको दक्षिणी ध्रुवमा दुर्घटनाग्रस्त भएको थियो । त्यसअघि भारतको चन्द्रयान-३ भने चन्द्रमामा अवतरण गर्न सफल भएको थियो ।

जापानी यानले चन्द्रमामा के गर्छ ?

अवतरण पश्चात् अब स्लिमले चन्द्रमाको सतहमा रहेका ओलिभिन चट्टानको जाँच गर्नेछ ताकि चन्द्रमाको उत्पत्तिको बारेमा पत्ता लाग्न सकोस् । यद्यपि यो मिसनमा कुनै रोबर भने समावेश गरिएको छ ।

यसअघि जापानले यो चन्द्र मिसनको प्रक्षेपण मिति २ महिनापछि सारेको थियो । किनकि उसले मिडियम लिफ्ट एचथ्री रकेटको असफलताको परिक्षण गरिरहेको थियो । अब जापानले यही वर्ष हाकुतो-२ र सन् २०२५ मा हाकुतो तीन मिसन पठाउनेछ । यी ल्याण्डर र अर्बिटर मिसनको रुपमा हुनेछन् ।

जापानले गतवर्ष पनि चन्द्रमामा यान पठाएको थियो । तर ऊ अवतरणमा सफल भएन । उक्त ओमोतेनाशी यान सम्पर्कविहीन भएको थियो जुन गतवर्ष नोभेम्बरमा अवतरण हुनुपर्ने थियो । त्यसपछि गत अप्रिलमा हाकूतो आर मिसन ल्याण्डरलाई चन्द्रमामा पठाइएको थियो, जुन चन्द्रमामै पुगेर दुर्घटनाग्रस्त भयो । त्यसअघि सन् २०२२ को अक्टोबरमा एप्सिलन रकेट चाहीँ प्रक्षेपणकै समयमा विस्फोट भएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?