+
+

शोधकर्ताको निष्कर्ष : चन्द्रमा खुम्चिइरहेको छ, त्यहाँ पहिरो गइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १४:१९

काठमाडौं । चन्द्रमामा सहर बसाउने सपना देखिरहेको अमेरिकाका लागि नराम्रो खबर छ । वास्तवमा अन्तरिक्ष एजेन्सीहरुले जब चन्द्रमामा अवतरणका लागि साइट (क्षेत्र) तय गर्दछन्, त्यसबेला धेरै कुराहरुको ख्याल गर्नुपर्दछ । जस्तो कि त्यस ठाउँको आकार कुनै मिसनका लागि कठीन त बन्दैन ?

यान अवतरण गर्ने ठाउँमा पानीको सम्भावित उचच मात्राले उसलाई सर्वाधिक आकर्षक बनाइदिनछ । यी सबै सम्भावनाहरुसँगै अब भूवैज्ञानिकहरुले चन्द्रमामा भूकम्प तथा भूस्खलनलाई पनि ध्यानमा राख्नुपर्ने भएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रको अनुसन्धान गर्ने शोधकर्ताहरुले फल्ट लाइनको पहिचान गरेका छन् । उक्त क्षेत्र धस्सिएका कारण करीब ५० वर्षअघि चन्द्रमामा एउटा भयानक भूकम्प गएको थियो ।

यो त्यहीँ ठाउँ हो जहाँ नासाको मिसन आर्टेमिस थ्री को अवतरण सन् २०२६ मा हुनेवाला छ । त्यहीँ नै नासाले मानव वस्ती बसाउने योजना बनाइरहेको छ । यस्तोमा नासाको उक्त सपनामा पनि झट्का लाग्नसक्छ । लाइभ साइन्सको रिपोर्ट अनुसार केही अपोलो मिसनमा भूकम्प मापन यन्त्रहरु प्नि चन्द्रमामा लगिएका थिए ।

सन् १९७३ को मार्च १३ मा चन्द्रमामा गएको एउटा शक्तिशाली भूकम्पका कारण चन्द्रमाको दक्षिणी ध्रुवको सामान्य दिशाबाट ती भूकम्प मापन यन्त्रहरुलाई हल्लिएका थिए । त्यसको एक दशकपछि चन्द्रमा टोही अर्बिटरले दक्षिणी ध्रुवीय क्षेत्रमा उडान भर्यो र फल्ट लाइनहरुको एउटा जालो देखियो । नयाँ मोडेलसँगै शोधकर्ताहरुले त्यसलाई नै चन्द्रमामा गएका भूकम्पसँग जोडेको छ ।

यो शोधले के स्पष्ट पारेको छ भने सामान्य रुपमा चन्द्रमाको भूकम्प पनि पृथ्वीकै भूकम्पको झट्काजस्तै हुन्छ ।

चन्द्रमामा चाहिँ उक्त संकुचनका कारण सतहमा बन्ने फोल्डले गर्दा त्यसो हुन्छ । चन्द्रमा खुम्चिँदै जानुको कारण हजारौँ वर्षदेखि यसको भित्री भाग चिसिँदै गएकाले हो । वैज्ञानिकहरुका अनुसार यस्तो खुम्च्याई भनेको किसमिस खुम्चिएजस्तै हो ।

चन्द्रमाको सतह पृथ्वीभन्दा फरक

चन्द्रमा खुम्चिनुको एउटा कारण यो पनि हो कि यसको सतह पृथ्वीको तुलनामा कम कसिलो छ । यसमा प्रायः खुकुलो कणहरु हुन्छन् जसलाई माथि फ्याँक्न सकिन्छ भने प्रभावबाट यत्रतत्र छरिन सक्दछ । फलस्वरुप पृथ्वीको भूकम्पको तुलनामा चन्द्रमाको भूकम्पमा भूस्खल हुने समभावना धेरै हुन्छ ।

शोधकर्ताहरुका अनुसार चन्द्रमामा बस्ती बसाल्ने कुरा सोँचिरहँदा मानिसले आफ्नो खुट्टामुनिको जमिन अपेक्षा मुताविकको स्थिर छ कि छैन भनेर पनि योजना बनाउनु आवश्यक हुनेछ ।

अध्ययनले के देखाएको छ भने शेकलटन क्रेटरको भित्ताहरु भूस्खलनका लागि निकै संवेदनशील छन् । चन्द्रमाको दक्षिणी ध्रुवका विषयमा नयाँ अनुसन्धानको नतिजा सार्वजनिक भएको छ, जुन नासाको आर्टेमिस मिसनका लागि समभावित अवतरणस्थल हो । जब आर्टेमिस मिसनको प्रक्षेपणको मिति नजिकिँदै छ तब अन्तरिक्षयात्री तथा आधारभूत संरचनालाई सुरक्षित राख्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

भूवैज्ञानिक तथा शोधकर्ता निकोलस स्मेरका अनुसार हामीहरुले चन्द्रमामा मानिस जाने क्षणको प्रतिक्षा गरिरहेका छौँ र त्यसको लागि तयारी पनि भैरहेको छ ।

त्यसैले चन्द्रमामा यस्तो खालका इन्जिनियरिंग संरचनाहरु निर्माण गर्नु आवश्यक छ जसले चन्द्रमाको भूकम्पीय गतिविधिलाई उत्कृष्ट ढंगले झेल्न सकोस् र खतरनाक क्षेत्रहरुमा मानिसहरुको रक्षा गर्न सकोस् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?