+
+

आकाशले तोडे ज्याक्सन र रेड्डीको शतकीय साझेदारी, गुलशनलाई लगातार दुई विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १७:०६

७ माघ, काठमाडौं । नेपालका पार्टटाइम तीव्र गतिका बलर आकाश त्रिपाठीले आईसीसी यू-१९ विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डका ओस्कर ज्याक्सन र स्नेहित रेड्डीको शतकीय साझेदारी तोडेका छन् ।

आकाशले ४२ औं ओभरको पाँचौं बलमा ओस्करलाई बोल्ड गर्दै नेपाललाई चौथो सफलता दिलाएका थिए । ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रन बनाए ।

चौथो विकेटका लागि यी दुई खेलाडीले १ सय ६४ बलमा १५७ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रेड्डी १ सय बलमा ८ चौका र २ छक्कासहित ९५ रनमा खेलेका छन् ।

त्यसपछि गुलशन झाले दुई विकेट लगातार लिएका छन् । गुलशनले ४३ औं ओभरको दोस्रो बलमा लाचलान स्टकपुल र तेस्रो बलमा ज्याक कमिङलाई क्याच आउट गराउँदै लगातार दुई विकेट लिए ।

ह्याट्रिक बलमा एलेक्स थोमप्सनले एक रन जोडेका थिए । टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले ४३ ओभरमा ६ विकेट गुमाउँदै २३० रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?