+
+

रेड्डीको शानदार शतकमा न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको विशाल लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १७:४७

७ माघ, काठमाडौं । शीर्षक्रमका ब्याटर स्नेहित रेड्डीको शानदार शतकमा न्युजिल्यान्डले यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ३०३ रनको विशाल लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनायो ।

न्युजिल्यान्डका स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको सानदार अविजित शतकीय इनिङ खेले ।

कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनको इनिङ खेले । एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि १६४ बलमा १५७ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

आकाश त्रिपाठीले ४२ औं ओभरको पाँचौं बलमा ओस्करलाई बोल्ड गर्दै नेपाललाई चौथो सफलता दिलाए ।

त्यसपछि गुल्शन झाले लगातार विकेट लिएका थिए । गुल्शनले ४३ औं ओभरको दोस्रो बलमा लाचलान स्टकपुल र तेस्रो बलमा ज्याक कमिङलाई क्याच आउट गराउँदै ह्याट्रिक नजिक पुगेका थिए । एलेक्स थोमप्सनले एक रन जोड्दै ह्याट्रिकबाट जोगाएका थिए ।

न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गरेका थिए ।

स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गर्दै उक्त साझेदारी तोडेका थिए ।

लेग स्पिनर तिलकराज भण्डारीले ओपनर टम जोन्सलाई बोल्ड गरेका थिए । उनले ४५ बलमा ५चौकासहित ३३ रन बनाए ।

१५ औं ओभरको तेस्रो बलमा दीपेश कँडेलले ओलिभर टेवाटियालाई शून्यमा क्याच आउट गराएपछि ६७–३ को अवस्थामा पुगेको थियो ।

त्यसपछि ओस्कर र रेड्डीको साझेदारीमा न्युजिल्यान्डले खेलमा सानदार पूनरागमन गरेको थियो । उक्त साझेदारी तोड्न नसक्नु नेपाललाई घातक बन्यो ।

नेपालका गुल्शन झाले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।

तिलक भण्डारीले १० ओभरमा ५० रन खर्चेर १ विकेट लिए । आकाश त्रिपाठीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । दीपेश कँडेलले ७ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?