+
+

पक्रन आएका प्रहरीलाई चक्कु हानेर एक जना फरार, २ प्रहरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १८:०४

७ माघ, धनगढी । दार्चुलामा दुई जना प्रहरीमाथि चक्कु प्रहार भएको छ । श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका प्रहरीलाई महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका छन् ।

जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।

उनीहरू दुवै सामुदायिक प्रहरी बाङ्गाबगरमा कार्यरत हुन् ।

उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन पुगेका बेला चक्कु प्रहार गरिएको हो । चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजी भइरहेको छ भने घाइते प्रहरीको दार्चुलामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?