+
+
यू-१९ विश्वकप क्रिकेट :

न्युजिल्यान्डविरुद्ध चलेन गुल्शनको ब्याटिङ, समस्यामा नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १९:५६

७ माघ, काठमाडौं । नेपालको सिनियर टोलीका प्रमुख सदस्यसमेत रहेका गुल्शन झा आईसीसी यू–१९ विश्वकप २०२४ मा न्युजिल्यान्डविरुद्ध सस्तैमा आउट भएका छन् । गुल्शनसहित नेपालले पाँच ब्याटरलाई गुमाएपछि ठूलो समस्यामा परेको छ ।

गुल्शन स्पिनर ज्याक कमिङकोे २१ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा डीप मिडविकेटमा ल्यूक वाटसनबाट २ रनमा क्याच आउट भए ।

खराब सटका साथ गुल्शन आउट भएपछि नेपालको जितको सम्भावना पनि धेरै कठिन बनेको छ ।

जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा ५ विकेट गुमाउँदै १ सय ५ रन बनाएको छ ।

अर्जुन कुमाल ५८ बलमा ६ चौकासहित ४४ रनमा क्रिजमा छन् । उनलाई दीपक बोहराले ४ रनमा साथ दिएका छन् । नेपाललाई जितको लागि बाँकी २९ ओभरमा १९८ रन आवश्यक पर्दछ ।

नेपालको हातमा अब ५ विकेट मात्रै छ । नेपालले इनिङको तेस्रो बलमै ओपनर दीपक बोहरालाई गुमाएको थियो ।

तीव्र गतिका बलर म्याट रवेको छैटौं ओभरको चौथो बलमा आकाश त्रिपाठी ठूलो सट खेल्ने धुनमा लचलान स्कटपुलबाट उत्कृष्ट क्याच आउट भए ।

टप एज लागेर उनी थर्डम्यानमा २ रनमा क्याच आउट भएका थिए । न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनको बलमा देव खनाल मिडअनमा मासन क्लार्कबाट क्याच आउट भए ।

देवले ३४ बलमा ५ चौका र १ छक्का हाने । तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । उत्तम थापा मगर एज लागेर १७ औं ओभरको अन्तिम बलमा शून्यमा आउट हुन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?