+
+

गुजरातविरुद्ध गुल्शन झाको उत्कृष्ट बलिङ, एक्लैले लिए चार विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १६:१४

१८ चैत, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातविरुद्ध गुल्शन झाले घातक बलिङ गरेका छन् ।

उनी एक्लैले चार विकेट लिएका छन् । आफ्नो चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिदा गुजरात दबावमा परेको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि गुल्शनले चार र करण केसीले दुई विकेट लिएका छन् । सोमपाल कामीले एक विकट लिएका छन् ।

थप एक विकेट रन आउट हुँदा गुजरातले १६ ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको छ ।

नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?