+
+

नरेनले हाने मधेशविरुद्ध शतक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १५:५८

८ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका युवा ब्याटर नरेन भट्टले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध शतक हानेका छन् ।

नरेनले १ सय ८ बलमा आफ्नो घरेलु करिअरको पहिलो शतक हानेका छन् । उनले नेपालको यू१६ टोलीबाट भने शतक प्रहार गरी सकेका छन् ।

पवन सरार्फलाई ३८ औं ओभरको अन्तिम बलमा लङअनमा एक रन बटुल्दै उनले शतक प्रहार गरेका हुन् । उनी १०८ बलमा १२ चौकासहित १ सय रनमा क्रिजमा छन् ।

उनले गत जुलाईमा एसीसी यू–१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए ।

जितको लागि ३२० रनको विशाल विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ३८ ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको छ । नरेनले एकतर्फबाट रन जोडेपनि अर्कोतर्फबाट लगातार विकेट गुमायो । शेर मल्लले उनलाई १ रनमा साथ दिएका छन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो ।

मधेशका मयन यादवले १२८ बलमा ८ चौका र २ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?