+
+

प्रधानमन्त्री कपमा पहिलो पटक दुवै इनिङमा शतक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते २०:३३

८ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो पटक दुवै इनिङमा शतक बनेका छन् । सोमबार टियुमा भएको खेलमा सुदूरपश्चिम प्रदेशका नरेन भट्ट र मधेशका मयन यादवले शतक हानेका हुन् ।

मयनले १२८ बलमा ८ चौका र २ छक्कासहित ११५ रन बनाए । उनको शतकमा मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो ।

जितको लागि ३२० रनको लक्ष्य पछ्याउनेक्रममा सुदूर २३९ रनमा अल आउट भएको थियो । सुदूर पराजित भए पनि युवा ब्याटर नरेन भट्टले १२२ बलमा १३ चौका र १ छक्कासहित १२१ रन बनाएका थिए ।

२०१७ देखि सुरु भएको प्रधानमन्त्री कपको यो छैटौं संस्करण हो । पहिलो पटक दुबै इनिङबाट शतक बनेका हुन् । यसअघि एकै इनिङमा दुई शतक बने पनि दुबैतर्फबाट शतक बनेको थिएन । २०१८ मा नेपाल एपीएफ क्लबबाट मधेश प्रदेशविरुद्ध सुबास खकुरेल १०३ र प्रदीप ऐरीले १५८ रन बनाएका थिए ।

पिएमकपमा त्यो नै एकै इनिङमा दुई शतक बनेको एकमात्रै खेल हो । हालसम्म पिएमकपमा २१ शतक बनेका छन् । लुम्बिनी र कर्णाली बाहेक अन्य सबै प्रदेश र विभागीय टोलीबाट शतक बनेका छन् । आर्मीका विनोद भण्डारी र पुलिसका दीपेन्द्रसिंह ऐरीले मात्रै पिएम कपमा २–२ शतक प्रहार गर्ने खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?