+
+

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान सेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १८:२३

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान सेवा आयोगले गत आर्थिक वर्षको प्रतिवेदन पेश गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगका अध्यक्ष डा. खगराज बरालले प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष प्रतिवेदन बुझाएका हुन् ।

प्रज्ञा प्रतिष्ठान सेवा आयोग गठन भएपछि कुलपति समक्ष पेस भएको यो दोस्रो वार्षिक प्रतिवेदन हो । गत वर्ष आर्थिक वर्षमा पनि वार्षिक प्रतिवेदन कुलपति समक्ष पेश भएको थियो ।

प्रज्ञा प्रतिष्ठान सेवा आयोगको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदनमा सेवा आयोगले वर्ष दिनमा गरेका काम, पदपूर्तिको विवरण र अवस्था, प्रज्ञा प्रतिष्ठानलाई उपलब्ध गराइएको राय तथा परामर्श, सेवा आयोगको बैठक र गरिएका निर्णयहरू, सेवा आयोगले निर्माण गरेका कार्यविधिहरू, कार्यशाला, प्रतिरक्षा गरिएका मुद्दाहरूको विवरणसहित प्रज्ञा प्रतिष्ठान सेवा आयोगले हासिल गरेका उपलब्धि प्रतिवेदनमा उल्लेख छ । यस्तै आयोगले भोगेका चुनौती र त्यसको सामना गर्न अपनाउनुपर्ने सुझाव भावी दिशाका रूपमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७९-८० मा भएको पदपूर्ति लगायतको विस्तृत विवरण अनुसूचीहरूमा दिइएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा १८ (५) अनुसार सेवा आयोगको अध्यक्षले सेवा आयोगको वार्षिक प्रतिवेदन कुलपतिसमक्ष पेश गर्ने र कुलपतिले सो प्रतिवेदन विचारार्थ सभामा प्रस्तुत गर्ने व्यवस्था छ । सभाले सो प्रतिवेदनमाथि विचार गरी सेवा आयोगलाई आवश्यक निर्देशन दिन सक्नेछ भन्ने उल्लेख छ ।

प्रतिवेदन पेश गर्ने कार्यक्रममा सेवा आयोगका तर्फबाट अध्यक्ष डा. बरालसहित सदस्य प्रा. डा. अञ्जना सिंह, प्रतिष्ठानका सचिव तथा सेवा आयोगका सदस्यसचिव डा. रविन्द्रप्रसाद ढकाल र प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत दिपेन्द्रराम भण्डारी उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?