+
+

भन्सालीको ‘लभ एण्ड वार’मा रणवीर र आलिया, ‘अवतार ३’सँग भीडन्त तय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १९:२०

काठमाडौं । बलिउड निर्देशक संजयलीला भन्सालीले आफ्नो महत्वाकाङ्क्षी प्रोजेक्टको रुपमा फिल्म ‘लभ एण्ड वार’को घोषणा गरेका छन् । ‘एपिक सागा’ बताइएको यो फिल्ममा रणवीर कपुर, आलिया भट्ट र विक्की कौशलले अभिनय गर्ने जनाइएको छ ।

भन्सालीले यसपटक युद्धको पृष्ठभूमिमा प्रेमकथा भन्न खोजेका छन् । बुधबार औपचारिकरुपमै निर्माताले फिल्मको घोषणा गरेका हुन् । सन् २०२५ को क्रिसमसमा यो फिल्मको प्रदर्शन मिति तय गरिएको छ । उक्त मितिमा यो फिल्म हलिउडको बहुप्रतीक्षित ‘अवतार ३’सँग भिड्नेछ ।

यी दुबै फिल्मको प्रदर्शन मिति उक्त वर्षको क्रिसमस सप्ताहन्तमा हुने जनाइएको छ । भन्साली प्रोडक्सनले बनाउने यो फिल्मलाई लिएर फ्यानबीच उत्साह छाएको छ । सन् २०२४ को नोभेम्बरदेखि छायांकन सुरु हुने पिंकभिल्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?