+
+

मधेशमा जन्मकैद सजाय पाएका सांसदबाहेक सबैले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १५:४६
जन्मकैदको सजाय सुनाएका प्रदेशसभा सदस्य अभिराम शर्मा

११ माघ, जनकपुरधाम । सशस्त्र प्रहरी बलका असई थमन बिक हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाइएका लोसपा संसदीय दलका नेता अभिराम शर्मा राष्ट्रिय सभा निर्वाचनमा सहभागी भएनन् । महोत्तरी जिल्ला अदालतले गत महिना उनलाई जन्मकैदको सजाय सुनाएको थियो ।

लोसपा प्रदेश सांसद उपेन्द्र महतोले शर्मा बिरामी रहेकाले उनी मतदानमा सहभागी नभएको बताए ।

मधेश प्रदेशमा स्थानीय तहका पालिका प्रमुख र उपप्रमुखको सतप्रतिशत मतदान भएको छ । २६७ पालिका प्रमुख उपप्रमुख छन् । उनीहरुले सबै मतदान गरेका छन् । प्रदेशसभाका १०७  सदस्यमध्ये १०६  जनाले मतदान गरेका निर्वाचन अधिकृत नवीन चौधरीले जानकारी दिए ।

मधेशमा अन्य र महिला तर्फ रिक्त हुने दुई राष्ट्रिय सभा सदस्यको लागि बिहीबार मतदान भएको हो ।

जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?