+
+

लुम्बिनी पुगे हलिउड तथा चिनियाँ अभिनेता जेट ली

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १४:१७

काठमाडौं । नेपाल भ्रमणमा रहेका विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली लुम्बिनी पुगेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी घुमघाम गर्दै उनले त्यहाँ पूजाआजा समेत गरे ।

उनी आफ्नी छोरी र केही सहयोगीसहित लुम्बिनी पुगेका हुन् । उनलाई लुम्बिनी विकास कोषका पदाधिकारीले त्यहाँको ऐतिहासिक महत्वका थलो र वस्तुबारे जानकारी गराएका थिए । अभिनेता लीले चाख मानेर अवलोकन समेत गरे ।

कालो क्याप, रातो गलबन्दी र कालो लङकोटमा त्यहाँ पुगेका जेट लीले सर्वसाधारणसँग कुरा गरेनन् । गतसाता नेपाल आइपुगेका उनले बौद्धस्थित एक गुम्बामा बौद्ध दर्शनबारेको दुई दिने साधनामा सहभागिता जनाएका थिए । प्राप्त भिडियो र तस्वीरमा जेट लीले नेपाल बसाइलाई ‘इन्जोय’ गरेको देख्न सकिन्छ ।

बौद्ध धर्मावलम्बी उनी बेलाबेलामा नेपालमा आइरहन्छन् । सन् २०२३ मा क्रिसमस सेलिब्रेसन गर्न पनि उनी नेपाल आएका थिए । स्रोतका अनुसार उनकी छोरी काठमाडौंको बौद्धमा बौद्ध धर्म अध्ययन गर्छिन् र जेट ली बेलाबेलामा छोरीलाई भेट्न तथा आध्यात्मिक घुमघामका लागि नेपाल आइरहन्छन् ।

जेट लीले प्रशस्तै हलिउड र चिनियाँ फिल्ममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?