+
+

यू-१९ विश्वकपमा नेपालले छैटौं विकेट गुमायो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १९:२५

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध छैटौं विकेट गुमाएको छ ।

नासिर खानले दीपेश कँडेललाई २८ औं ओभरको चौथो बलमा ४ रनमा एलबीडब्लू आउट गरे ।

त्यसअघि अरब गुलको बलमा दीपक डुम्रे ५ रनमा क्याच आउट भएका थिए । नेपालका कप्तान देव खनाल ६६ बलमा ६ चौकासहित ४४ रनमा क्रिजमा छन् ।

छैटौं विकेट गुमेसँगै देवमाथि थप जिम्मेवारी बढेको छ । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा ६ विकेट गुमाउँदै ९२ रन बनाएको छ ।

नेपालको सुरुवात भने राम्रो हुन सकेन । तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो अर्जुन कुमाललाई १० रनमा बोल्ड आउट गरेका थिए ।

खलिल अहमदको बलमा गुल्शन झा १२ बलमा १ रन बनाउँदै बोल्ड हुन पुगे । नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो ।

त्यसपछि नेपालको इनिङ सम्हाल्न चौथो विकेटका लागि देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए ।

स्पिनर नासिर खानले त्रिपाठीलाई १६ रनमा अली अहमदबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । त्रिपाठीले ३९ बलमा १ चौका प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?