+
+

अफगानिस्तानसँग निर्णायक खेलमा पनि गुल्शनको खराब ब्याटिङ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १७:५८
फाइल तस्वीर

१२ माघ, काठमाडौं । सिनियर टोलीबाट खेलिसकेका स्टार अलराउन्डर गुल्शन झा आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानसँगको खेलमा पनि सस्तैमा आउट भएका छन् ।

गुल्शन तीव्र गतिका बलर खलिल अहमदको बलमा १ रनमा बोल्ड आउट भए । उनले १२ बल खेलेका थिए ।

यसअघि उनी न्युजिल्यान्डसँग २ र पाकिस्तानसँगको खेलमा १८ रनमा आउट भएका थिए ।

नेपालका भरपर्दा ब्याटर अर्जुन कुमाल तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट भएका थिए ।

अर्जुन १४ बलमा २ चौका हानेका थिए । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा २ विकेट गुमाउँदै १९ रन बनाएको छ ।

नेपालका ओपनर विपिन रावल १५ बलमा १ रन र देव खनाल ४ रनमा नट आउट छन् । ब्याटिङका लागि कठिन मानिएको पिचमा देवको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?