+
+

एपीएफले गण्डकीलाई दियो २०८ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते १२:४८

१३ माघ, काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा एपीएफले गण्डकीलाई २०८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले लोकेश बमको अर्धसतक मद्दतमा ४७.२ ओभरमा अलआउट हुँदै २०७ रन बनाएको हो ।

लोकेशले ६७ बलमा ५ चौका र २ छक्का मद्दतमा ५० रन बनाएर आउट भए । भुवन कार्कीले ४५, प्रदीप ऐरीले ३९ र पुरण बिकले ३० रनको योगदान गरे । अरु ब्याटर खासै चलेनन् ।

गण्डकीका कमल परियारले ३, विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले दुई/दुई विकेट लिए ।

जारी प्रतियोगितामा ६ खेलमा तीन खेलमा जित र तीनमा हार व्यहोरेको एपीएफ ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने ६ खेल नै खेलेको गण्डकी ४ अंकसहित आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?