+
+

विकास आयोजना समयमा सम्पन्न गराउन ढंग पुगेको छैनः गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १५:३९

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विकास निर्माणको आयोजना समयमै सम्पन्न गर्न ढंग नपुगेको बताएका छन् ।

संवाद यात्राको क्रममा आइतबार मोरङस्थित कटहरी गाउँपालिकामा बोल्ने क्रममा थापाले विकास आयोजनाको समयावधि बढेपछि लागत बढेको बताए । विकास निर्माणका कार्यहरु फास्ट ट्रयाकबाट टुंग्याउनुपर्ने थापाको भनाई थियो ।

नेपालमा चाइनिज, भारतीय, अमेरिकन आएर बनाएपनि समयमा आयोजना सम्पन्न नहुने अवस्था रहेको बनाए । नेपाली काम गरेका विकास आयोजना भने समयमै सम्पन्न हुने गरेको बताए ।

‘कतारमा इन्जिनियर पनि नेपाली, त्यो बाटो खन्ने लेबर पनि नेपाली, क्रेन चलाउने ड्राइभर पनि नेपाली छ,’ महामन्त्री थापाले भने,‘त्यहाँको बाटो दुई महिनामा बन्छ । हाम्रो कहिं न कहिं केही मिलेको छैन । कहीं हाम्रो ढंग मिलेको छैन ।’

आयोजना सम्पन्न नहुँदा सडकमा यात्रा गर्नेले सास्ती पाएको उनले सुनाए । थापाले भने,‘कुनै पनि मान्छेलाई सजाय दिनु छ भने मुग्लिनबाट बस चढाएर बुटबल पठाइदिए हुन्छ ।’ सार्वजनिक खरिद ऐन संशोधन नहुँदा आयोजना समयमा सम्पन्न गर्न गाह्रो भएको उनले सुनाएइ । ‘कानुन बनाउने ठाउँमा त हामी छौं नि । हामीले बदल्ने हो । कानुन बदल्ने जिम्मा हामीले लिने हो,’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?