+
+

सेयर बजारले २१ सय अंक नाघ्यो, कारोबार पनि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १५:१३

१५ माघ, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से २१ सय अंक नाघेको छ । सोमबार १०.२६ अंकले बढेसँगै परिसूचक २१०४ अंकमा कायम भएको हो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । हिजो ३ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको भयो । कुल १५० कम्पनीको मूल्य बढ्दा ८६ को घट्यो भने ११ को स्थिर रह्यो ।

अन्य समूह सबैभन्दा धेरै १.६४ प्रतिशत बढ्यो भने हाइड्रोपावर १ प्रतिशत बढ्यो । बैंकिङ ०.७४, उत्पादन २.१८ र निर्जीवन बीमा १२.५६ अंक घटे । विकास बैंक २, फाइनान्स ९, होटल तथा पर्यटन ६, हाइड्रोपावर २८, जीवन बीमा ७७, उत्पादन २६, अन्य २८ र ब्यापार समूह १२ अंक बढे ।

युनियन हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ८.७, अपर स्याङ्गेको ८.४ प्रतिशत मूल्य बढ्यो । माहुली लघुवित्तको मूल्य ३.४, चन्द्रागिरि हिल्सको मूल्य २.७ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, हाथवे इन्भेस्टमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?