+
+

कृषिमा तत्कालै ६० लाख जनालाई रोजगारी दिन सकिन्छ : बामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १७:३८

१५ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कृषि क्षेत्रबाटै नेपालमा तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गरेका छन् ।

सोमबार संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले कृषि क्षेत्रको योजनावद्ध विकास हुन नसक्दा काम गर्ने जनशक्ति विदेश पलायन हुन बाध्य भएको धारणा राखे ।

‘मैले लामो समयदेखि यो कृषि क्षेत्रमा काम गरेको हुनाले हामीले अहिले भर्खरै ६० लाखलाई योजनावद्ध रुपले रोजगारी दिनसक्छौं । र त्यसबाट महिनामा कमसेकम ५०÷६० हजारको दरले हरेकले उत्पादन, आम्दानी गर्न सक्ने गरी विकास गर्न सकिन्छ’ उनले भने ।

कृषि क्षेत्रमा धानसँगै दूध, अण्डा, माछामासु, फलफूल उत्पादन गर्न सकिने नेता गौतमले बताए । संसारमा भएका सबैजसो हावापानी नेपालमा रहेको भन्दै उनले यो हावापानीको उपयोग गर्न सक्नुपर्ने बताए ।

‘यो क्षेत्रमा हामीले योजनावद्ध रुपले जाऔं । यदि त्यसो गर्नसक्ने हो भने हामीले चाँडै नै परिवर्तन गर्नसक्छौ । एउटा उलटफेर चाहिँ गराइदिन सक्छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?