+
+

बामदेवको प्रस्ताव : नेपालीलाई विदेशी फौजमा भर्ती हुन रोकौं

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १७:३५

१५ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली युवालाई विदेशी सेनामा भर्ती हुन रोक लगाउनुपर्ने बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले उच्च तलबमान हुने अन्य काममा पठाए पनि फौजमा भर्ती हुन पठाउन नहुने बताएका हुन् ।

‘विदेशी फौजमा भर्ना हुनै नपाउने अवस्था गराइदिउँ । केही त डलरका लागि पनि बाहिर जानैप¥यो । तर उनीहरुलाई पनि तालिम दिएर, उच्च तलवमानमा पठाउने गरौं’, उनले भने, ‘२०/३० हजार नेपाली रुपैयाँ पाउने गरी जाने होइन । कम्तीमा एक लाख मासिक पाउने ठाउँमा हामीले पठाऔं ।’

हाल नेपालीहरु बेलायती र भारतीय सेनामा भर्ना हुने गरेका छन् । अर्को विश्वयुद्ध हुँदा पनि नेपालीहरु प्रयोग हुन सक्ने खतरा रहेको नेता गौतमले बताए ।

‘अर्को विश्वयुद्ध भयो भने नेपालीहरु फेरि जाने होला । किनभने नेपालीहरु बहादुर छन्, बोसका लागि ज्यानको ख्याल नगरी लड्छन भन्ने छ’, उनले भने । रुसले नेपाली युवाहरुलाई सेनामा भर्ती गरिरहेकोमा पनि नेता गौतमले असन्तुष्टि जनाए । उनले भनेका छन्, ‘रुसलाई पनि नेपाली नै चाहिने भएछ ।’

नेपाली कांग्रेसकी सांसद कमला पन्तले बेलायती सेनामा नेपाली भर्ना हुने र बेलायतकै नागरिक भएर बस्न पाउने व्यवस्था पुनरावलोकन गर्नुपर्ने बताइन् ।

‘ब्रिटिश आर्मीमा नागरिकतै लिएर बस्न पाउने जुन व्यवस्था छ । त्यसमा रिभिजिट गर्न सकिन्छ कि, सकिन्छ भने रिभिजिटतिर लाग्नुपर्छ । तर, यस सम्बन्धमा अनुसन्धान होस्’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?