+
+

गण्डकी, सुदूरपश्चिम र बागमती मैयाँदेवी कपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते २१:५०

१५ माघ, काठमाडौं । चितवनको भरतपुमा निर्माणधीन गौतमबुद्ध क्रिकेट रंगशालामा जारी मैयाँदेवी यू-१९ महिला राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेशले सेमिफाइनलमा पुगेका छन् ।

सोमबार सुदूरपश्चिमले कोशी प्रदेशलाई १९ रनले हरायो । जितको लागि १०५ रनको विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो । कोशीकी टिका शाहले १५ बलमा ५ चौकासहित २५ र रिया शर्माले २७ रन बनाइन् ।

सुदूरकी अनु कडायत र स्नेहा महराले २–२ विकेट लिइन् । जानकी थापा र करिष्मा थापाले १–१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १५ ओभरमा ३ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । सुदूरकी सावित्री धामीले २३ बलमा ६ चौकासहित सर्वाधिक ३३ रन बनाइन् । स्नेहा महरा २०, निलम पाण्डे १६ र मनिषा बोहराले १० रन बनाइन् । कोशीकी निरा राजवंशी र रिया शर्माले १–१ विकेट लिइन् ।

त्यस्तै अर्को खेलमा बागमतीले लुम्बिनीलाई ८७ रनले हरायो । जितको लागि १३२ रनको बलियो विजयी लक्ष्य पछ्याएको लुम्बिनी १७.५ ओभरमा ४४ रनमा अल आउट भयो । लुम्बिनीकी कप्तान आश्मा पुलामीले ५५ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाइन् । बागमतीको बिपिशा शाही र सोनी पाख्रिनले ३–३ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । बागमतीकी विपिशा शाहीले ३५ बलमा ७ चौकासहित सर्वाधिक ४०, एली यादवले २१ र एलिसा खड्काले १७ रन बनाइन् । लुम्बिनीकी दीपा कुँवर, सरु तिवारी, सुश्मिता भुषाल र रितिषा मानन्धरले १–१ विकेट लिइन् ।

समूह ए बाट गण्डकी २ खेलमा ४ अंक जोड्दै एक खेल अगावै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । सुदूरपश्चिम प्रदेश ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।

बागमती दुबै खेलमा जितका साथ समूह बी बाट फाइनलमा पुगेको छ । मंगलबार लुम्बिनी र कर्णालीबीच हुने खेलको विजेता टोली समूह बी बाट सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल बुधबार र फाइनल शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?