+
+

पलेसा र कविराज वर्षका उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १९:२१

८ वैशाख, काठमाडौं । छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लागेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघले आठौं वार्षिक साधारणसभाका अवसरमा पलेसालाई वर्षको उत्कृष्ट खेलाडी र कविराजलाई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको हो । शनिबार चितवनको सौराहमा आयोजित साधारणसभामा पलेसालाई ५० हजार र कविराजलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

उनीहरुलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले सम्मान गरेका थिए ।

चीनको ताइयानमा गत चैत ४ गते आयोजना भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेसा पेरिस पारालिम्पिकका लागि छनोट भएकी थिइन् । पलेसा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुन् ।

गत असोजमा चीनको हाङचाओमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेसाले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । यसअघि सन् २०२० मा भएको टोकियो पारालिम्पिकमा पलेसाले दुई खेल जितेकी थिइन् । ओलम्पिकमा दुई खेल जित्ने उनी पहिलो नेपाली खेलाडी पनि हुन् ।

कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन् ।

यसैगरी रोल्पाको जलजला तेक्वान्दो डोजाङका प्रशिक्षक हेमन्त खत्री बेस्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित भए । उनलाई नगद १५ हजार रुपैयाँबाट सम्मानित गरिएको थियो । यस्तै उत्कृष्ट जिल्ला र उत्कृष्ट प्रदेशबाट चितवन र बागमती प्रदेशलाई नगद २५ हजार रुपैयाँबाट सम्मान गरिएको थियो ।

यसैगरी एनटीए सोसल अवार्ड बन्दी सहायता नेपालकी अध्यक्ष प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर र गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

यस्तै एनटीए प्रेसिडेन्ट अवार्ड नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द र केन्द्रीय सदस्य राम गिरीलाई प्रदान गरिएको थियो । यस्तै संघका केन्द्रीय सदस्य एवं प्रवक्ता साम्राज्यविक्रम पाण्डे, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी र मधेस प्रदेश तेक्वान्दो संघलाई प्रशंसापत्रबाट सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?