+
+

कसले भन्न सक्छ ! टेस्ट क्रिकेट मर्दैछ भनेर ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १३:४८
ब्रिसबेनमा अष्ट्रेलियालाई हराएपछि खुसी मनाउँदै वेष्ट इण्डिजका खेलाडी ।

१६ माघ, काठमाडौं । केही वर्ष अगाडि एउटा सिनेमा आएको थियो, ‘डेथ अफ द जेन्टलम्यान’ को नामले । यसको कथा थियो, टेस्ट क्रिकेटको अवसान ।

छोटो संस्करणको त्रिकेट ढाँचा अगाडि यो खेलको सबैभन्दा पुरानो र वास्तविक स्वरूप आफ्नो अस्तित्व बचाउन संघर्षरत छ । तर पछिल्लो आइतबार फेरि बेस्सरी जुरमुराएको छ ।

सन् १८७७ मा पहिलो पटक मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलिया र इंग्ल्यान्ड पहिलो ऐतिहासिक टेस्टमा भिडेका थिए ।

त्यस बेलादेखिको यो टेस्ट क्रिकेट अहिले पनि उत्तिकै जीवन्त देखिएको छ । अनि कसले भन्न सक्छ, टेस्ट क्रिकेट मर्दैछ भनेर ।

एउटा टेस्ट ब्रिसवेनमा भएको थियो, अर्को हैदरावादमा । दुवै टेस्टको अन्त्य निकै रोमाञ्चक रह्यो । उत्तिकै सनसनीपूर्ण पनि । यी दुई टेस्टले नयाँ दुई स्टारलाई पनि जन्म दिएको छ ।

ती हुन्, इंग्ल्यान्डका लेफ्ट आर्म स्पिनर टम हार्टली र वेस्ट इन्डिजका फास्ट बलर सामर जोसेफ । हैदरावादमा हार्टली ‘जिरो’ बाट ‘हिरो’ भए ।

आफ्नो डेब्यु टेस्टमा उनले ६२ रन खर्चेर सात विकेट लिए । उनकै मद्दतमा इंग्ल्यान्डले भारतविरुद्धको यो टेस्ट २८ रनले विजयी रह्यो ।

हैदरावादबाट साढे ९ हजार किलोमिटर टाढाको ब्रिसवेनमा जोसेफले पनि गज्जब नै गरे । एक वर्ष अगाडिसम्म पनि उनी सेक्युरी गार्डको जागिरमा थिए । खेलकै क्रममा उनको खुट्टाको औंलामा चोट लागेको थियो । तिनै खेलाडीले आफ्नो बलिङको मद्तले असाध्यै बलियो अस्ट्रेलियाली ब्याटिङ क्रमलाई ध्वस्त पारे । आफ्नो दोस्रो मात्र टेस्ट खेलिरहेका थिए जोसेफले ६८ रनमा सात विकेट लिए ।

नतिजा वेस्ट इन्डिज आठ रनले विजयी रह्यो । फेरि यो जितपछि कस्तो रह्यो भने सन् १९९७ यता वेस्ट इन्डिजले अस्ट्रेलियालाई उसकै भूमिमा हराएको यो नै पहिलो रह्यो ।

पछि उनले पत्रकारसँगको कुराकानीमा भने, ‘भलै सिरिज १–१ को बराबरीमा टुंगेको छ, तर मलाई यही सिरिज जितेको अनुभव भइरहेको छ ।’

कप्तान क्रेग ब्रेथवाइटले भने यो जितलाई अद्वितीय माने, किनभने यो खेल सुरु हुन अगाडिसम्म अस्ट्रेलियाली पूर्व फास्ट बलर रोड्नी हगले भनेका थिए, ‘यो वेस्ट इन्डिज टिम असाध्यै खत्तम र झुर छ ।’

पछि ब्रेथवाइटले भने, ‘हामी प्रमाणित गर्न चाहन्थौं, हामी त्यति साह्रै खत्तम र झुर पनि थिएनौं ।’

खास कुरा के भने पछिल्ला केही दशकयता टेस्ट क्रिकेट समस्यामा परेको थियो । सुरुमा वान डे क्रिकेटको लोकप्रियताले ।

पछि ट्वेन्टी ट्वेन्टी क्रिकेटको लोकप्रियताले । अब त ट्वेन्टी टेन क्रिकेटको कुरा पनि आइरहेको छ ।

यसकै एउटा राम्रो उदाहरण हो, दक्षिण अफ्रिकाको न्युजिल्यान्ड भ्रमण । दक्षिण अफ्रिकाले आफ्ना प्रमुख खेलाडीलाई आराम दिएको थियो, न्युजिल्यान्ड जानबाट ।

यस्तो किनभन्दा अहिले दक्षिण अफ्रिकामा ट्वेन्टी ट्वेन्टी क्रिकेटको घरेलु प्रतियोगिता चलिरहेको छ । ट्वेन्टी ट्वेन्टी क्रिकेटबाट जति पैसा आउँछ, त्यो अविश्वसनीय छ ।

अझ इण्डियन प्रिमियर लिग आईपीएलमा पनि पैसाको खोलो बग्छ । अस्ट्रेलियाली कप्तान प्याट कमिन्स केही साता अगाडिको खेलाडी लिलामीमा २४ लाख ७० हजार डलरमा बिकेका थिए भने पछि केही साताको क्रिकेट खेलेर कमिन्स त्यति धेरै रकम कमाउने भइसके ।

यस्तोमा खेलाडीले टेस्ट क्रिकेटको स्थानमा ट्वेन्टी ट्वेन्टीलाई महत्त्व दिनु आश्चर्यजनक होइन् । फेरि दर्शकलाई चौका छक्का बर्सेको क्रिकेट नै मन पर्छ । अझ त्यसमा मोजमस्तीको रंगिन माहोल बन्छ भने खेलको प्रत्यक्ष प्रसारण गर्ने टीभीलाई पनि सबै अर्थमा यही क्रिकेट उपयुक्त छ ।

त्यो भनेको यही छोटो क्रिकेट, चाँडै टुंगिने । स्पष्ट नतिजा पनि आउने । तर एउटा ध्रुव सत्य तथ्य अर्को फनि छ, टेस्ट क्रिकेटमा यो खेलको जुन वास्तविक नाटकीय मज्जा छ, त्यो ट्वेन्टी ट्वेन्टी त्रिकेटमा छैन ।

टेस्टको रौनकता मन्द मन्द हुन्छ, तर यसले दिन मात असीमित र बेजोड दुबै हुन्छ । यही देख्न पाइयो, ब्रिसवेन र हैदरवादमा ।

हैदरावादमा सुरुआती दुई इनिङ्स सकिँदा इंग्ल्यान्ड भारत भन्दा १९० रनले पछाडि थियो । यस्तो स्थितिमा भारतको जित एक प्रकारले औपचारिकता मात्रै हुन्थ्यो । भारतले आफ्नो घरेलु मैदानमा सय रनले अगाडि रहेर त्यति बेलासम्म टेस्ट हारेको इतिहास पनि थिएन् । यही स्थितिमा ओले पोपले सुदृढ १९६ रन बनाए ।

यस्तोमा भारतले जितका लागि २३१ रनको लक्ष्य पायो । यही स्थितिमा हार्टलीले उत्तिकै सुदृढ बलिङ गरे र भारत धरासायी भयो । टेस्ट क्रिकेटको आफ्नो पहिलो बलमै छक्का खाएका हार्टलीको दोस्रो इनिङ्स बलिङसामु भारतीय ब्याटर टिक्नै सकेनन् ।

यो जितलाई इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले सन् २०२२ यताको सबैभन्दा महान सफलता भनेका छन् । त्यही वर्षदेखि हो, इंग्ल्यान्डले स्टोक्सको कप्तानीमा खेल्न सुरु गरेको पनि ।

भारतसँगै इंग्ल्यान्ड र अस्ट्रेलिया भए, क्रिकेटका धनी देश । यो पृष्ठभूमिमा जोसेफको प्रदर्शनले अझ धेरै विशेष अर्थ राख्छ । सन् १९७० को मध्यदेखि सन् १९८० को अन्त्यसम्म वेस्ट इन्डिज विश्व त्रिकेटको महाशक्ति थियो ।

तर पछि यो ‌ओरालो लाग्यो, विशेषतः खराव व्यवस्थापनका कारण । सायद यो व्यवस्थापनमा अझै सुधार आएको छैन् । यसपल्ट अस्ट्रेलिया आइपुगेको १५ सदस्यीय वेस्ट इन्डिज टिममा सात नयाँ खेलाडी थिए, त्यसमा एक जोसेफ पनि थिए, डेब्यु गर्नै बाँकी ।

गुएनाका लागि १२ महिना अगाडिसम्म पनि जोसेफले पहिलो श्रेणीको क्रिकेटसम्म खेलेका थिएनन् । तर उनी के आए, यही वेस्ट इन्डिज टिममा ज्यान फर्केको छ । अझ ट्वेन्टी ट्वेन्टी क्रिकेटलाई लिएर सोधिएको प्रश्नमा तिनै जोसेफले भनेका छन्, ‘वेस्ट इन्डिजका लागि टेस्ट खेल्न म जहिले पनि उपलब्ध हुनेछु । ट्वेन्टी ट्वेन्टी क्रिकेटका लागि पनि समय त दिनु पर्छ । तर जस्तै भए फनि टेस्ट क्रिकेट मर्ने छैन् । ट्वेन्टी ट्वेन्टी त्रिकेटले जति सुकै पैसा दिए पनि म वेस्ट इन्डिजका लागि टेस्ट खेल्न नै रूचाउँछु ।’

साँच्चै कसले भन्न सक्छ, टेस्ट क्रिकेट मर्दैछ भनेर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?