+
+

अष्ट्रेलियालाई एक खेल अगावै सिरिज

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १९:१२

२१ माघ, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले दोस्रो ओडीआई खेलमा वेस्टइन्डिजलाई ८३ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ ।

योसँगै तीन ओडीआई खेलको सिरिजमा अष्ट्रेलियाले २–० को अग्रता लिएको छ ।

जितको लागि २५९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४३.३ ओभरमा १७५ रनमा अल आउट भयो ।

वेस्टइन्डिजका केसी कार्टीले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । एलिक एथानाजे ११, शाई होप २९ र रोश्टन चेश २५ रनमा आउट भए ।

अष्ट्रेलियाका जोश हेजलवुड र सन एबोटले ३–३ विकेट लिए । विल सुथरल्यान्डले २, आरोन हार्डली र एडम जाम्पाले १–१ विकेट लिए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको थियो । सन एबोटले ६३ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रन बनाए ।

क्यामरन ग्रीन ३३, स्टिभ स्मिथ ५, मार्नस लाबुसेन २६ र म्याथ्यु सर्ट ४१ रनमा आउट भए ।

वेस्टइन्डिजका गुडाकेश मोतिले ३, अल्जारी जोशेफ र रोमारियो शेफर्डले २–२ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया ८ विकेटले विजयी भएको थियो । तेस्रो खेल अव मंगलबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?