+
+

वेस्ट इन्डिजमाथि अष्ट्रेलियाको क्लिन स्वीप

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १३:२२

२३ माघ, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले तेस्रो ओडीआई खेलमा वेस्टइन्डिजलाई ८ विकेटले हराउँदै सिरिज क्लिन स्वीप गरेको छ ।

जितको लागि पाएको ८७ रनको लक्ष्य अष्ट्रेलियाले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा ओपनर ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ५ चौका र ३ छक्कासहित ४१ रनको आक्रामक इनिङ खेले ।

जोश इंग्लिस १६ बलमा ४ चौका र १ छक्कासहित ३५ रनमा नट आउट रहे ।

वेस्टइन्डिजका अल्जारी जोशेफ र ओशान थोमसले १–१ विकेट लिए ।

त्यसअघि क्यानबेरामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज २४.१ ओभरमा ८६ रनमा अल आउट भएको थियो ।

ओपनर एलिक एथानाजेले ६० बलमा २ चौकासहित सर्वाधिक ३२ रन बनाए । केसी कार्टी १० र रोश्टन चेश १२ रनमा आउट भए ।

अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अष्ट्रेलियाका जेभियर ब्रार्टलेटले ७.१ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए ।

लान्सी मोरिस र एडम जाम्पाले २–२ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया ८ विकेट र दोस्रो खेलमा ८३ रनले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?