+
+

अष्ट्रेलियामाथि वेस्ट इन्डिजको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १३:३३

१४ माघ, काठमाडौं । वेस्ट इन्डिजले दोस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियामाथि ८ रनको रोमाञ्चक जित हात पारेको थियो ।

अष्ट्रेलियालाई जितको लागि ९ रन चाहिँदा तीव्र गतिका बलर शमार जोशेफले जोश हेजलवुडलाई अफ स्टम्प बोल्ड गर्दै रोमान्चक जित दिलाएका हुन् ।

वेस्ट इन्डिजले २७ वर्षपछि अष्ट्रेलियालाई उसकै घरेलु मैदानमा हराएको हो । जितको लागि २१६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया दोस्रो इनिङमा २०७ रनमा अल आउट भयो ।

ओपनर स्टिभ स्मिथ १४६ बलमा ९ चौका र १ छक्कासहित ९१ रनमा नट आउट रहे । तर अर्को एन्डबाट स्मिथलाई कुनै पनि ब्याटरले राम्रो साथ दिन सकेनन् ।

वेस्ट इन्डिजको जितमा शमार जोशेफेले ११.५ ओभरमा ६८ रन खर्चेर ७ विकेट लिए ।

अल्जारी जोशेफको नाममा २ विकेट रह्यो । वेस्ट इन्डिज पहिलो इनिङमा १९३ रनमा अल आउट भएको थियो ।

तर पहिलो इनिङमा २२ रनले अघि हुँदा समग्रमा २१६ रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजका किर्क म्याकेन्जी ४१, एलिक एथान्जे ३५ र जस्टिन ग्रेभ्सले ३३ रन बनाए । अष्ट्रेलियाका जोश हेजलवुड र नाथन लायनले ३–३ विकेट लिए ।

अष्ट्रेलिया पहिलो इनिङमा २८९–९ को अवस्थामा समाप्तिको घोषणा गर्यो । पहिलो इनिङमा २२ रनले पछि हुँदा समाप्तिको घोषणा गर्नु केहि भारी पर्‍यो । ओपनर उस्मान खवाजाले १३१ बलमा १० चौकासहित ७५ रन बनाए ।

प्याट कमिन्स ७३ बलमा ८ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे । एलेक्स केरी ४९ बलमा ९ चौका र १ छक्कासहित ६५ रनमा आउट भए । वेस्ट इन्डिजका अल्जारी जाशेफले ३ र केमार रोचले ३ विकेट लिए ।

ब्रिसबेनमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज पहिलो इनिङमा ३११ रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजका जोशुवा डि सिल्भाले ७९, केवम होजले ७१ र केभिन सिन्लायरले ५० रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले ४, जोश हेजलवुड र नाथन लायनले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?