+
+

पहिलोपटक मानव मस्तिष्कमा राखियो चिप, अब नछोइकन चलाउन सकिनेछ मोबाइल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १०:३६

अर्बपति एलन मस्कको न्युरालिंक कम्पनीले अभूतपूर्व काम गरेको छ । उसले मानव इतिहासमै पहिलोपटक मानिसको मस्तिष्कमा सफलतापूर्वक ‘चिपसेट’ प्रत्यारोपण गरेको छ ।

एलन मस्क आफैंले यसको जानकारी सोसल मिडिया प्लाटर्फम एक्समार्फत् दिएका छन् ।

वास्तवमा बितेको लामो समयदेखि यस विषयमा काम जारी थियो र सेप्टेम्बरमा मात्रै कम्पनीले अमेरिकाको खाद्य तथा औषधि प्रशासनबाट मानव मस्तिष्कमा परीक्षणका रुपमा चिप जडान गर्ने स्वीकृति प्राप्त गरेको थियो ।

एलन मस्कले एक्समा एक पोस्ट गर्दै न्युरालिंकको तर्फबाट पहिलोपटक आइतबार मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरिएको र उक्त व्यक्तिको अवस्थामा सुधार भैरहेको जनाएका छन् ।

साथै मस्कले आफ्नो पोस्टमा न्युरालिंकको प्रडक्टको नाम र त्यसबाट हुने फाइदाहरुका बारेमा पनि उल्लेख गरेका छन् । जस अनुसार न्युरालिंकको उक्त प्रडक्टको नाम टेलीप्याथी हो ।

यो प्रविधि हातखुट्टा नभएका वा हातखुट्टाले काम नगर्ने व्यक्तिहरुका लागि निकै उपयोगी सावित हुने मस्कको भनाइ छ । यसको मद्दतले प्रयोगकर्ताले मस्तिष्कबाटै कम्प्युटर तथा स्मार्टफोनलाई नियन्त्रण गर्न सक्नेछन् । अर्थात् कम्प्युटर तथा स्मार्टफोन चलाउनका लागि हातले छुनु पर्दैन ।

हाल यो ट्रायलको उद्देश्यचाहिं वायरलेस ब्रेन कम्प्युटर इन्टरफेसमा काम गर्नु रहेको छ । यसमा सर्जिकल रोबोट तथा सुरक्षित प्रत्यारोपणमा ध्यान दिइएको छ ।

समाचार अनुसार यो परीक्षणका लागि न्युरालिंकले केही स्वयंसेवी छनोट गरेको थियो र उनीहरुमाथि ट्रायल सुरु गर्‍यो । सन् २०३० सम्ममा २२ हजार मानिसको मस्तिष्कमा चिप जडान गर्ने लक्ष्य कम्पनीको छ ।

स्मरण रहोस् न्युरालिंक कम्पनीको स्थापना सन् २०१६ मा भएको थियो । यो कम्पनीमाथि प्रकृतिका साश्वत नियमहरु समेत तोडिरहेको आरोप लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?