+
+
यू-१९ विश्वकप :

गुल्शन झा बंगलादेशसँग पनि चलेनन्, नेपाल संघर्षरत

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १६:३०

१७ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले ब्याटिङमा संघर्ष गरिरहेको छ ।

नेपालले ३७ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १२५ रन मात्र बनाएको छ । गुल्शन झा पाँचौ र दीपक बोहरा छैटौं विकेटका रुपमा व्यक्तिगत समान ३ रनमा आउट भए ।

दुवै जना शेख पवेज जिवोनको बलमा बोल्ड भएका छन् ।

राष्ट्रिय टोलीबाट समेत खेलिसकेका गुल्सनले जारी प्रतियोगितामा राम्रो गर्न सकेका छैनन् ।

समूह चरणमा गुल्शनले न्युजिल्याण्डविरुद्ध २, पाकिस्तानविरुद्ध १८ र अफगानिस्तानविरुद्ध १ रन बनाएका थिए ।

सुरुवाती ९ ओभरमै प्रमुख ब्याटर अर्जुन कुमालसहित तीन खेलाडी गुमाएको नेपालका लागि  देव खनाल र विशाल विक्रम केसीले सम्हाल्ने प्रयास गरेका थिए ।

तर देव खनाल व्यक्तिगत ३५ रनमा आउट भए । त्यसपछि आएका गुल्शन र दीपक बोहरा पनि आउट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?