+
+

‘महाजात्रा’मा यस्तो छ हरिवंशको भिलेन अवतार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १२:२०

काठमाडौं । यसअघि नै सार्वजनिक पोस्टरमा फिल्म ‘महाजात्रा’मा हरिवंश आचार्यलाई खलपात्रको अवतारमा प्रस्तुत गरिएको थियो । निर्माताले बिहीबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै कौतुलहता सिर्जना गर्ने प्रयत्न गरेका छन् ।

यो फिल्ममा भिलेन बनेका आचार्य नयाँ पोस्टरमा झुम्म दाह्री पालेको स्वरुपमा छन् । रविन्द्रसिंह बानियाँ, विपिन कार्की र रविन्द्र झालाई पनि पोस्टरमा चित्रण गरिएको छ ।

निर्माताले सुरुदेखि नै हरिवंशलाई पब्लिसिटीको केन्द्रमा राखेको देख्न सकिन्छ । अघिल्लो पोस्टरमा हरिवंश ह्वीलचेयरमा बसेको क्यारेक्टरमा देखिएका थिए ।

पैसा र शक्ति वरपरको कथावस्तुमा बनेको षट्कोण आर्ट्सले बनाएको यो फिल्म ‘महाजात्रा’ सिरिजको तेस्रो श्रृंखला हो । जहाँ पात्रहरु पैसा कमाउन दौडधुप गर्छन् । पैसा र खुसीको मानवीय मूल्य तौलिने प्रयास निर्देशक प्रदीप भट्टराईको देखिन्छ ।

‘महापुरुष’ हिट भएपछि हरिवंश र षट्कोणको यो टिमअप सम्भव भएको हो । कार्यकारी निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले जात्रा सिरिजको यो तेस्रो भाग अझै रोचक र कौतुहलताले भरिपूर्ण हुने बताए ।

फिल्ममा वर्षा राउत, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ, शिशिर बाङ्देल लगायतका कलाकारको अभिनय छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?