+
+

दाङ र कैलालीमा आगोमा जलेर २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते ९:४८

१९ माघ, काठमाडौं । दाङ र कैलालीमा आगोले जलेर दुई जनाको मृत्यु भएको छ । मृतक दुवै महिलाहरु हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरीको गएराति खाना पकाउने क्रममा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दाउरा बालेर खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किएको र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार ९ माघमा घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर घाइते भएकी न्यौपानेको विहीबार मृत्यु भएको हो ।

उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा एक हप्तासम्म राखेर उपचार गरिएको थियो तर बिहीबार न्यौपानेको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?