+
+

पुरानो स्वरूपमा ल्याइँदै पुरैना ताल

रासस रासस
२०८१ वैशाख १७ गते २०:२०

१७ वैशाख, धनगढी । मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साविककै स्वरूपमा ल्याउन थालिएको छ ।

भजनी नगरपालिका–७ लालबोझी गाउँको ५६३ बिघा क्षेत्रफलमा फैलिएको यो ताल वरिपरि १० फिट चौडा र ५ फिट अग्लो पर्खाल (ड्याम) निर्माण गरेर साविककै स्वरूपमा ल्याउन लागिएको हो ।

ताललाई पुरानै स्वरूपमा ल्याउन दुई दिनदेखि आठवटा स्काभेटर र जेसिभी प्रयोग गरी निरन्तर काम भइरहेको छ । ताल नजिकै रहेको मोहना नदीमा बर्खायाममा बर्सेनि आउने बाढीसँगैको बगेको माटो र बालुवाले ताल पुरिएपछि स्थानीयबासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए ।

तालको अतिक्रमण हटाउन सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबीच समन्वय भएको थियो । डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले यो ताल क्षेत्र वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका दृष्टिमा महत्वपूर्ण रहेको बताए । उनका अनुसार पहिले यो तालक्षेत्र जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराको बासस्थानका रूपमा थियो ।

यो ताल क्षेत्र सीमापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले वन्यजन्तु ओहोरदोहोर गर्ने ‘करिडोर’का रूपमा लिइन्छ । तालको अतिक्रमण हटाइ पुरानै स्वरूपमा फर्काउन सकिएमा जैविक विविधताको संरक्षणमा टेवा पुग्ने र पर्या-पर्यटनको विकास हुने भजनी नगरपालिकाका प्रमुख केवल चौधरीको भनाइ छ ।

वडा नं ७ का अध्यक्ष अमरबहादुर कठरियाका अनुसार २०६४ र त्यसपछि पटक–पटक मोहना नदीमा आएको ठूलो बाढी तालमा पसेपछि पूरै ताल पुरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?